काठमाडौं । काभा वुमन्स नेसन्स लीग (भलिबल) को फाइनलमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ ।
सेमीफाइनल खेलमा इरानलाई २५–२१, २८–२६ र २५–२० ले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो । सेमीफाइनलको अर्को खेल भारतले श्रीलंकालाई ३–० को सोझो सेटमै पराजित गरेर फाइनलमा स्थान पक्का गरेको थियो ।



नेपाल र भारतबीच दोस्रो पटक खेल हुन लागेको हो । यी दुई टिम बीचको फाइनल खेल साँझ सवा ५ बजे दशरथ रंगशालाको कभर्डहलमा हुनेछ । नेपालले लिग चरणमा भारतलाई ३–२ को सेटमा पराजित गरेको थियो ।
ईरान र श्रीलंकाबीच तेस्रो स्थानका लागि दिउँसो २ बजे खेल हुनेछ ।



