धादिङबाट बिबाहको जन्ति तेमाल पुर्‍याएर फर्कने क्रममा ना ४ ख ८८१७ नम्बरको बस काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका ३ कुण्डोलमा बस दुर्घटना हुदा एक जनाको घटनास्थलमानै मृत्यु भएको छ भने १ जना घाइते छन । धादिङबाट बिबाहको जन्ति पुर्‍याएर फर्कने क्रममा ना ४ ख ८८१७ नम्बरको बस सडकबाट अन्दाजी २०० मिटर तल खस्दा तेमाल गाउँपालिका १ बस्ने वर्ष ५० को रामसिंह तामाङको घटनास्थलमै मृत्यु भएको हो ।

बसका चालक मकवानपुर बागमति गाउँपालिका बस्ने वर्ष ५० को कृष्ण ब्लोन गम्भीर घाइते भई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको प्रहरी चौकी पचुवारघाटका प्रहरी हवल्दार शम्भु बोहोराले जानकारी दिए ।

प्रहरीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय