काभ्रेको रोशी गाउँपालिका–२ स्थित काफल डाँडा आन्तरिक पर्यटकहरुका लागि एउटा गन्तव्य स्थल बनेको छ । यो ठाउँमा तिनधारे झरनाले गर्दा पनि आन्तरिक पर्यटकको आकर्षण बढेको छ ।
काभ्रेको ग्रामीण भूभागमा लुकेर रहेको एक प्राकृतिक सम्पदा हो तिनधारे झरना । तिनधारे झरनाको प्रवद्र्धन तथा विकासका लागि रोशी गाउँपालिकाले योजना बनएको छ । पर्यटकीय गन्त्व्यको विकासका लागि बागमती प्रदेशले अवलोकन भ्रमण आयोजना गरेको थियो । बागमती प्रदेश अर्थ, मामिला तथा योजना मन्त्री बहादुर सिं लामा, खानेपानी, उर्जा तथा सिंचाई मन्त्री तिर्थबहादुर लामा, उद्योग, वाणिज्य भूमी तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकार र संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनलगायतको सहभागीता रहेको थियो ।



तिनधारे झरना अवलोकन पश्चात आयोजित कार्यक्रममा बागमती प्रदेश अर्थ मामिला तथा योजना लामाले तिनधारे झरना संरक्षण संवर्धनका लागि बागमती प्रदेश प्रतिबद्ध रहेको बताउनु भयो । झरना काभ्रेको मात्र नभएर बागमती प्रदेशकै गौरबको पर्यटकीय स्थल बन्न सक्ने धारणा छ ।
रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले रोशी पर्यटकीय क्षेत्रको प्रचुर सम्भावना भएको पालिका भएकोले चैतेपानीमा नेपालकै एक मात्र ठाउँमा पाईने १२ बर्षमा फूल्ने निलम्बरी फूल पाईने स्थान पनि भएको जानकारी दिए ।
तीनधारे झरना केही पक्की बाटो र केही अफरोड हुँदै करिव ४ घण्टाको यात्रापछि पुगिने स्थल हो । तिनधारे झरना पछिल्लो समय आन्तरिक पर्यटकको रुपमा विकास हुँदै गएको छ । यसलाई संरक्षण तथा प्रवर्धन गर्दै जाने हो भने बाह्य पर्यटकको लागि पनि एउटा राम्रो पर्यटकीय गन्तव्यको रुपमा चिनाउन सकिन्छ ।
https://nepal.agmwebhosting.com/webhosting/aff.php?aff=470



