काठमाडौं । काभ्रेको मण्डनदेउपुर नगरपालिका–९ बितौरी पोखरीस्थित हिगुवापाटी–चन्देनी सडक खण्डमा नवप्रतिभा इंग्लिस बोर्डिङ स्कुलको विद्यार्थी सवार भ्यान दुर्घटना भएको छ ।

बा.१ ज ८६७२ नं. को भ्यान दुर्घटना भएको हो । भ्यानमा पाँच जना विद्यार्थी सवार थिए । दुर्घटनामा मण्डनदेउपुर–७ निवासी चालक, २४ वर्षीया दिपिका ढकाल घाइते भएकी छन् । उनको कम्मर मुनिको भाग नचल्ने अवस्था भए पनि उनी बोल्न सक्ने अवस्थामा रहेको बताइएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. १५ गण, काभ्रे लगायतको सुरक्षाकर्मीले भ्यानको सिट काटी चालकलाई उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाएका छन् । भ्यानमा सवार अन्य विद्यार्थीहरू भने सकुशल रहेको जानकारी प्राप्त भएको छ । ब्रेक फेल भई दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको प्रहरीले जानकार दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय