बागलुङको प्रसिद्ध धार्मिकस्थल कालिका भगवती मन्दिरले साउन महिनामा २७ लाख ९९ हजार ५८९ रुपैयाँँ आम्दानी गरेको छ । आय–व्यय विवरण सार्वजनिक गर्दै कालिका भगवती गुठी व्यवस्थापन समितिले मन्दिरमा साउन महिनामा ११ लाख १० हजार ४ सय ६५ रुपियाँ खर्च भएको जनाएको छ । सार्वजनिक विवरण अनुसार भेटीबाट मात्रै ५ लाख ८३ हजार ७८० रुपैयाँ सङ्कलन भएको छ । त्यसैगरी परेवाबाट १ लाख १३ हजार , भाडाबाट २० लाख ३९ हजार ३९४ आर्थिक सहयोगबाट ५८ हजार २१५ रुपियाँ आम्दानी भएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष भुपेन्द्रबहादुर खड्काले बताउनुभयो ।

खर्चतर्फ तलबमा ४ लाख ४१ हजार ५०० रुपैयाँ , सास्कृतिक कार्यक्रममा ३ लाख, पूर्वाधार निर्माणमा १ लाख १८ हजार, अतिथि सत्कारमा ७३ हजार, खाद्यन्न तथा आवासमा ६८ हजार ३००, बिजुली खर्चमा ३७ हजार ३६५ रुपैयाँ खर्च गरिएको छ । समितिका अनुसार साउन महिनामा खर्च कटाएर १६ लाख ८९ हजार १२४ रुपैयाँ बचत भएको छ । मन्दिर व्यवस्थापन, पूर्वाधार विकास तथा धार्मिक गतिविधिका लागि भेटी तथा सहयोग रकम प्रयोग हुँदै आएको समितिले जनाएको छ । बागलुङ कालिका भगवती मन्दिर गण्डकी प्रदेशकै प्रसिद्ध शक्तिपीठका रूपमा परिचित छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय