काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिले गोलभेडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेडा ठूलो (भारतीय) प्रतिकिलो ९०, गोलभेडा सानो (लोकल) प्रतिकिलो ३५, गोलभेडा सानो (टनेल) प्रतिकिलो ४५, आलु रातो प्रतिकिलो ४५, आलु रातो (भारतीय) प्रतिकिलो ४०, आलु रातो (मुडे) प्रतिकिलो ४०, आलु सेतो प्रतिकिलो ३५, प्याज सुकेको (भारतीय) प्रतिकिलो ५०, गाजर (लोकल) प्रतिकिलो ७०, गाजर (तराई) प्रतिकिलो ५०, बन्दा (लोकल) प्रतिकिलो ३०, काउली स्थानीय प्रतिकिलो ९०, मूला रातो प्रतिकिलो ४५, सेतो मूला (लोकल) प्रतिकिलो ३०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो २५, भन्टा लाम्चो प्रतिकिलो २०, भन्टा डल्लो प्रतिकिलो ३०, तने बोडी प्रतिकिलो ३५ रुपैयाँ मूल्य निर्धारण गरेको छ ।
यस्तै, मटरकोसा प्रतिकिलो १ सय ८०, घिउ सिमी (लोकल) प्रतिकिलो ४०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ४०, घिउ सिमी (राजमा) प्रतिकिलो १ सय १०, टाटे सिमी ६०, भटमास कोसा प्रतिकिलो १ सय ३०, तीतो करेला प्रतिकिलो ३५, लौका प्रतिकिलो ३०, परबर (लोकल) प्रतिकिलो ३५, परबर (तराई) प्रतिकिलो ३५, चिचिण्डो प्रतिकिलो ३०, घिरौला प्रतिकिलो ५०, झिगुनी प्रतिकिलो ४५, फर्सी पाकेको प्रतिकिलो ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो ३०, हरियो फर्सी (डल्लो) प्रतिकिलो ३५, भिण्डी प्रतिकिलो ४५ रुपैयाँ कायम गरेको छ ।



साथै, सखरखण्ड प्रतिकिलो ७०, पिँडालु प्रतिकिलो ९०, स्कूस प्रतिकिलो ५५, रायोसाग प्रतिकिलो ३०, पालुङ्गो साग प्रतिकिलो ४०, चमसुुर साग प्रतिकिलो ३५, तोरीको साग प्रतिकिलो ३५, हरियो प्याज प्रतिकिलो १ सय, च्याउ (कन्य) प्रतिकिलो १ सय ८०, च्याउ (डल्ले) प्रतिकिलो ३ सय, कुरिलो प्रतिकिलो ३ सय, निगुरो प्रतिकिलो ३० रुपैयाँ कायम गरिएको छ ।
ब्रोकाउली प्रतिकिलो ८०, चुकुन्दर प्रतिकिलो ८०, सजिवन प्रतिकिलो १ सय ६०, रातो बन्दा ८५, जिरीको साग प्रतिकिलो १ सय, ग्याठकोभी प्रतिकिलो ७०, सौफको साग प्रतिकिलो १ सय १०, पुदिना प्रतिकिलो १ सय १०, इमली प्रतिकिलो १ सय ७०, तामा प्रतिकिलो १ सय २०, तोफु प्रतिकिलो १ सय ४० र गुन्द्रुक प्रतिकिलो ३ सय ५० रुपैयाँ तोकेकोे छ ।
समितिले फलफुलमा स्याउ (झोले) प्रतिकिलो २ सय ५०, स्याउ (फुजी) प्रतिकिलो ३ सय, केरा (दर्जन) १ सय ५०, कागती प्रतिकिलो १ सय ४०, अनार प्रतिकिलो ३ सय ५०, आँप (माल्द) प्रतिकिलो ७०, आँप (दशहरी) प्रतिकिलो ८०, अङ्गुर (हरियो) प्रतिकिलो २ सय ५०, अङ्गुर (कालो) प्रतिकिलो ३ सय ५०, मौसम प्रतिकिलो २ सय, जुनार प्रतिकिलो २ सय ५०, भुइँकटहर प्रतिगोटा १९०, काँक्रो (लोकल) प्रतिकिलो ६०, काँक्रो (हाइब्रिड) प्रतिकिलो १५, रुखकटहर प्रतिकिलो ६०, मेवा (नेपाली) प्रतिकिलो ६०, मेवा (भारतीय) प्रतिकिलो १ सय, लिची (लोकल) प्रतिकिलो २ सय ३० रुपैयाँ निर्धारण गरिएको छ ।
यसैगरी, अदुवा प्रतिकिलो १ सय १०, खुर्सानी सुकेको प्रतिकिलो ४ सय २०, खुर्सानी हरियो प्रतिकिलो ४०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो ३०, खुर्सानी हरियो (माछे) प्रतिकिलो ६०, खुर्सानी हरियो अकबरे प्रतिकिलो ३ सय, भेडे खुर्सानी प्रतिकिलो ६०, हरियो धनियाँ प्रतिकिलो ६०, लसुन सुकेको चाइनिज प्रतिकिलो २ सय, लसुन सुकेको नेपाली प्रतिकिलो १ सय ७०, छ्यापी सुकेको प्रतिकिलो २ सय, छ्यापी हरियो प्रतिकिलो १ सय २०, ताजा माछा (रहु) प्रतिकिलो ३ सय ३०, ताजा माछा (बचुवा) प्रतिकिलो ३ सय २०, ताजा माछा (छडी) प्रतिकिलो २ सय ४०, राजा च्याउ प्रतिकिलो ३ सय र सिताके च्याउ प्रतिकिलो ९ सय रुपैयाँ तोकिएको छ ।



