कालीगण्डकी नदीको कटानका कारण मालढुङ्गाको पुल जोखिममा परेको छ । पर्वत र बागलुङ जोड्ने गरि कालीगण्डकी नदीमाथि बनेको पुल बिहीबार विहान बाढीको कटानले गर्दा जोखिममा परेको हो । पुलको पर्वत पट्टी पिल्लर छेउका पर्खाल नदीले कटान गरेको छ । कालीगण्डकी उर्लिएर आएपछि पुलको तल्लो भागमा क्षति पु¥याएको हो । यातायात निरन्तर संचालन भए पनि सहकता अपनाउन जिल्ला प्रहरी कार्यालय बागलुङले अनुरोध गरेको छ ।

कालीगण्डकीमा पानीको सतह ह्वात्तै बढ्दा पुलको तल्लो क्षेत्र कटान गरेको प्रहरीले जनाएको छ । यो पुल भएर दैनिक सयौँ गाडी र हजारौँ यात्रु यात्रा गर्ने गर्छन् । नदीमा पानीको सतह बढेपछि मालढुङ्गा क्षेत्रका बस्तीसमेत जोखिममा छन् । यहाँ बसोबास गर्ने स्थानीयलाई प्रहरीले सतकर्ता अपनाउन आग्रह गरेको छ ।मालढुङ्गा पुल भएर बागलुङसहित गुल्मी, रोल्पा, रुकुम, जाजरकोट, डोल्पा, सल्यान लगायत पश्चिम नेपालका क्षेत्रहरुमा सवारी साधान आवतजावत गर्ने गर्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय