काठमाडौं । कास्की जिल्लामा आज बिहान हल्का भूकम्प महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरले बिहान ८ बजेर ३४ मिनेट जाँदा कास्कीको मिजुरेडाँडा आसपास केन्द्रविन्दु बनाएर ३.५ रेक्टर स्केलको भूकम्प गएको जनाएको हो ।

यो भूकम्पको तीव्रता कम भएकाले ठूलो क्षति वा मानवीय असर भएको कुनै खबर प्राप्त भएको छैन । स्थानीयवासीहरूले सामान्य कम्पन मात्र महसुस गरेका छन् । विज्ञहरूका अनुसार ३.५ म्याग्निच्युडको भूकम्पलाई हल्का श्रेणीमा राखिन्छ, जसले सामान्यतया भौतिक संरचनामा असर पुर्याउँदैन ।

नेपाल भूकम्पीय दृष्टिले संवेदनशील क्षेत्र भएकाले यस्ता साना–साना कम्पनहरू समय–समयमा भइरहन्छन् । यसअघि पनि चैत १८ गते मुगु जिल्लाको दाइनाकोट क्षेत्र आसपास केन्द्रविन्दु बनाएर ४.० रेक्टर स्केलको भूकम्प गएको थियो, जुन पनि मध्यमभन्दा कम तीव्रताको थियो ।

यस्ता घटनाहरूले ठूलो क्षति नगरे पनि सतर्क रहन आवश्यक हुन्छ । भूकम्पको जोखिम न्यूनीकरणका लागि सुरक्षित संरचना निर्माण, आपतकालीन तयारी र जनचेतना अभिबृद्धि महत्वपूर्ण मानिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय