काठमाडौं । अभिनेता अनमोल केसी पक्राउ परेका छन् । आपराधिक विश्वासघात गरेको आरोपमा केसी पक्राउ गरिएको उपत्यका प्रहरी अपराध महाशाखाले जनाएको छ ।

केसीलाई भक्तपुरबाट पक्राउ गरी हिरासतमा राखिएको छ । १ करोड १५ लाखको आर्थिक विश्वास घात गरेको आरोप रहेको र अदालतको अनुमति लिएर केसीलाई पक्राउ गरिएको एसपी रवीन्द्र रेग्मीले जानकारी दिनुभयो ।

केसीले फिल्म ‘रावायण’मा अभिनय गर्न सहमत हुँदै १० लाख रकम लिएको र उहाँ सहमत भएपछि अन्य कलाकारहरूसहित गरेर निर्माण प्रक्रियामा १ करोड १५ लाख खर्च भइसकेपछि फिल्म खेल्न अस्वीकार गरेको भन्दै उहाँविरुद्ध उपत्यका प्रहरी कार्यालयमा उजुरी परेको थियो । निर्देशक सुदर्शन थापाले केसीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी दिनुभएको थियो । उजुरीकर्ताले अनमोलसँग फिल्ममा अभिनय गर्ने सम्झौता पत्र भने बुझाएका छैनन् ।

तर, अनमोलले फिल्म निर्माण टिमसम्म १० लाख लिएको प्रमाण भने पेश गरेका छन् । सो रकम उहाँले फिल्म खेल्न राजी भएर पेश्की स्वरूप लिएको निर्माण पक्षको दाबी छ । एसपी रेग्मीका अनुसार अनमोललाई छलफलका लागि पटक पटक सम्पर्क गर्दापनि नआएपछि उजुरी र उजुरीसँग संलग्न प्रमाणको आधारमा अदालतबाट पक्राउ अनुमति लिएर भक्तपुरको साँगाबाट पक्राउ गरिएको बताउनु भयो ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय