किमाथाँका रानी त्रिदेशिय व्यापारीक मार्गको माथिल्लो क्षेत्र संखुवासभामा कछुवा गतिमा काम हुदाँ सो क्षेत्रको आवतजावत कष्टकरण वन्दै आएको छ । नेपाल, चिन र दक्षिणी छिमेकी मुलुक भारत सम्म जोड्ने त्रिदेशीय व्यापारिक मार्गको काम ढिलासुस्ती हुँदा यात्रीहरुले सास्ती भोग्नु परिरहेको छ ।

संखुवासभाको किमाथाँका रानी त्रिदेशीय व्यापारीक मार्गको काममा ढिलासुस्ती भएको छ । काममा ढिलासुस्ती भएपछि गाउँपालिकाले दवाव दिएको थियो । दबाव पछि मात्र निर्माण कम्पनीले चासो देखाएको छ । मकालु गाउँपालिका क्षेत्रमा चार प्याकेजमा निर्माणको ठेक्का लगाइएको छ ।

निर्माणको जिम्मा पाएका कम्पनीहरुले दु्रतगतिमा काम नहुँदा र अरुण तेस्रो जलविद्युत आयोजनाका ठुला सवारीहरु समेत संचालन हुँदा सडकको जिर्ण बन्ने खतरा छ । सडकको दुरावस्थाका कारण सवारी साधनको पत्ती भाँचिने सवारी चलाउन समस्या हुने देखि लिएर यात्रुहरुलाई समेत समस्या हुदै आएको छ ।

त्रिदेशिय व्यापारिक मार्ग निर्माण कार्य तराई क्षेत्रमा समेत सुस्त गतिमा भइरहेको छ । सुनसरीको इटहरी उपमहानगरपालिकाको पानीपिया देखि सेउती सम्मको काम समेत सुस्तगतिमा हुदाँ सडक प्रयोगकर्ताहरुले सास्ती भोग्नु परिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय