काठमाडौं । कीर्तिपुरबाट हराईरहेका सकेश महर्जन मृत भेटिएका छन् । सकेशको शव मच्छेगाउँको शान्ति वनमा भेटिएको हो । गत असार ३१ गते दिउँसो कीर्तिपुर नगरपालिका वडा नम्बर–९ छुगाउँबाट सम्पर्क विहिन भएका ५० वर्षीय सकेश महर्जन मच्छेगाउँस्थित शान्तिवनमा झुन्डिएको अवस्थामा आज मृत भेटिएको थानकोट प्रहरी वृत्तले जानकारी दिएको छ । टाउकोमा हेल्मेट लगाएको अवस्थामा भेटिएको शव सकेश महर्जनको भएको उनको परिवारले पहिचान गरेका थिए । परिवारले सनाखत गरेपछि सकेशको शव परिक्षणका लागि अस्पताल पठाइएको र थप अनुसन्धान भइरहेको प्रहरी वृत्त थानकोटले जनाएको छ ।






