काठमाडौं । कीर्तिपुरस्थित नयाँ बजारको तल्लो लाइनमा सडक व्यापारी र पसल कवलका व्यापारीबीच झडप हुँदा स्थिति तनावग्रस्त बनेको छ । तरकारी बेच्ने विषयलाई लिएर दुई पक्षबीच विवाद चर्किएको र सोही क्रममा झडप भएको स्थानीयले बताएका छन् ।

प्राप्त जानकारी अनुसार बीच सडकमा तरकारी बेच्ने व्यापारी र पसल कवलभित्रबाट तरकारी बेच्ने व्यापारीबीच लामो समयदेखि ठाउँ र व्यापारको विषयमा मनमुटाव रहँदै आएको थियो । आज साँझ सोही विवादले उग्र रूप लिएपछि दुबै पक्षबीच हातपात भएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

झडपपछि नयाँ बजार तल्लो लाइन क्षेत्रमा तनावको स्थिति छ । घटनाबारे थप विवरण आउन बाँकी छ । स्थानीय प्रशासनले स्थितिलाई नियन्त्रणमा लिन प्रयास गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय