नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पुर्व गृहमन्त्री जनार्दन शर्माले पाथीभरामा निर्माणाधिन केबलकारमा देखिएको विवाद सहमतिका आधारमा टुंगो लगाएर अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ । शनिबार प्रेस सेन्टर ताप्लेजुङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता शर्माले स्थानीय समुदाय सँग सहमति जुटाएर निर्माण गर्नुपर्नेमा जोड दिनुभएको हो । सरकारले सहमतिका लागि बार्ता गरिरहेपनि निष्कर्षमा नपुगेको र थप गम्भिरताका साथ बार्ता बसेर टुंगो लगाउनुपर्ने उहाँले बताउनुभयो ।

यस्तै उहाँले नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले कुदृष्टिले हेरेको आरोप समेत लगाउनु भएको छ । सरकारले आफ्ना कर्मचारी भर्ना गर्ने वातावरण मिलाउन निर्देशक घिसिङले उत्साह दिने प्रकारको काम गरिरहेतापति बारम्बार पदमुक्त गर्ने अभ्यास भईरहेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय