काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले कुशासनको एउटा जिउँदो नमूना सिंहदरबारको गेटमा देखिने गरेको बताउनु भएको छ । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद ज्वालाले मुलुकमा अनियमितता, बेथिति र कुशासन एउटा जिउँदो नमूना सिंहदरबारको गेटमा देखिने गरेको बताउनु भएको हो ।

मन्त्री, सांसद र कर्मचारी प्रवेश गर्ने सिंहदरबारको दक्षिण गेटमा जनताको भीड र लाइनतर्फ उहाँले सरकारको ध्यानाकर्षण गराउनु भएको छ । सांसद ज्वालाले मन्त्रालयहरू सिंहदरबारभित्र थुपारेर चारतर्फबाट पर्खाल र फलामे गेटले घेरेर जेल जस्तै बनाउने र जनतालाई प्रवेश निषेध गर्ने कार्य स्वीकार्य नहुने चेतावनी समेत दिनुभयो । गेट पासको लागि नागरिकहरू चर्को घाममा पसिना चुहाउँदै तड्पिनुपर्ने अवस्थाको अन्त्य गर्न सांसद ज्वालाले माग पनि गर्नुभयो ।

प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति गोप्य राखेर सरकारले कस्तो पारदर्शिता पढाउन खोजेको हो ? भन्ने प्रश्न गर्दै तत्काल सम्पती विवरण सार्वजनिक गर्न माग समेत गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय