नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले पाथीभरा केबुलकार विवादमा बल प्रयोग गरे आफू आन्दोलनकारीको पक्षमा उभिने चेतावनी दिएका छन्। मोरङको कानेपोखरी गाउँपालिकाको रमाइलो बजारमा आयोजित आमसभामा सम्बोधन गर्दै उनले मुक्मुलुङमा भइरहेको विवादलाई दुर्भाग्यपूर्ण भन्दै यसको समाधान बल प्रयोगबाट खोज्न नहुने बताए।

प्रचण्डले भने, “यो सांस्कृतिक, भावनात्मक र ऐतिहासिक मुद्दा हो। बल प्रयोग गरेर हल गर्ने दुस्साहस नगरियोस्। यदि सरकारले दमन गर्‍यो भने दुर्भाग्य हुन्छ। खबरदार, बल प्रयोग नगर्नू। यसको समाधान संवाद र समझदारीबाट खोज्नुपर्छ।” उनले सरकारलाई केबुलकार परियोजनामा सरकारमै रहेका सञ्चालकहरूको स्वार्थ भएको आरोप लगाउँदै “जनता मारेर भए पनि निर्माण गराउने मूर्खता” नगर्न चेतावनी दिए। यदि सरकारले दमन नरोके देशव्यापी आन्दोलन गर्ने चेतावनीसमेत प्रचण्डले दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय