राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष तथा सांसद स्वर्णिम वाग्ले नयाँपन र अनुभवको सन्तुलन मिलाउनका लागि आफूहरू सरकारमा गएको बताएका छन् । बुधबार संसदमा सम्बोधन गर्दै उनले उनले केही गरौं भन्ने मनसायले सरकारमा गएको उल्लेख गर्दै ’चेख खेल’को उदाहरण दिएका हुन । उनले केही गरेर देखाउन नसकेको दिन सरकारबाट बाहिरिने प्रतिबद्धता जनाए ।
उपाध्यक्ष वाग्लेले कांग्रेसले गृहमन्त्री रवि लामिछानेको नैतिकतामाथि प्रश्न उठाएकोमा पनि वाग्लेले टिप्पणी गरे । उनले प्रधानमन्त्रीको रुपमा अफर गर्दा केही नहुने अहिले गृहमन्त्री हुँदा त्यस्तो कुरा गरेको भन्दै कांग्रेसका नेताहरूको टिप्पणीप्रति आपत्ति जनाए । उनले मुलुकलाई सुशासन दिलाउनेमा प्रतिबद्धता समेत जनाए ।






