नेपालमा निर्वाचन प्रणाली दिनानुदिन खर्चिलो बन्दै गएको छ। फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा मात्रै राज्यको साढे १७ अर्ब रुपैयाँभन्दा बढी खर्च हुने देखिएको छ। निर्वाचन आयोगले आफ्नो खर्चमा केही कटौती गरे पनि सुरक्षा व्यवस्थापनमा हुने ठुलो खर्चले समग्र लागत बढाएको हो। २०७५ सालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सहसचिव घनश्याम उपाध्यायको नेतृत्वमा गठन भएको पर्यटन उद्दारसम्बन्धी छानबिन कार्यदलले (फर्जी उद्दारमा संलग्न भएको आरोपमा २६ कम्पनीलाई संगठित अपराध तथा ठगी मुद्दामा कारवाही गर्न सिफारिस गरेको थियो । त्यसमध्ये १० वटा अस्पताल, ८ वटा ट्रेकिङ कम्पनी, ५ वटा वैदेशिक मुद्राको कारोबार गर्ने कम्पनी र ३ वटा हेलिकप्टर कम्पनीलाई दोषी देखाइएको थियो । )

संगठित अपराध तथा ठगी मुद्दामा अनुसन्धान गर्न गृहमन्त्रालयलाई सिफारिस गरिएपनि त्यो फाइल दराजमै थन्काएको भन्दै त्यसयताका हरेक सरकारको आलोचना हुने गरेको थियो ।
अहिले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले यो प्रकरणमा जोडिएका ३३ जनालाई कारबाहीको दायरमा ल्याउन सिफारिस गरेको छ । अध्ययन र अनुसन्धानपछि यो संख्या बढ्न पनि सक्ने छ ।

के हो ‘फेक रेक्यु’ र कसर चलाइन्छ यो धन्दा ?

(विदेशी पर्यटक पर्वतारोहण वा पदयात्रामा जाने क्रममा कतिपय बिरामी पर्ने हुँदा उद्धार गर्नुपर्ने हुन्छ । तर यो केही ट्राभल कम्पनीहरुले हेलिकोप्टर र अस्पतालसँगको मिलेमतोमा अवैध तरिकाले यसको धन्दा नै चलाएको पाइएको छ। यो पर्वतारोहण वा पदयात्राका लागि आउने विदेशी पर्यटकहरुको स्वास्थ्यमा गम्भिर छेडखानी गरेर फर्जी उद्दार गर्दै पैसा कमाउने मेलो हो । विशेष गरि पदयात्रामा गएका पर्यटकलाई सामान्य बिरामी हुँदा वा टाउको दुख्दा तपाईको स्वास्थ्य अवस्था गम्भिर छ भन्दै डर देखाउने र हेलिकोप्टर बोलाउन बाध्य पार्ने गरिन्छ । वा कतिपयले त बाटोमै विरामी बनाउन धेरै हिडाउने, कतिपयलाई ट्रेकिङ गाइडलगायतको मिलेमतोमा बिरामी हुने खालको खाना खुवाउने गरिन्छ। अनि हाई अल्टिच्युड लाग्न नदिने भन्दै विभिन्न औषधि पनि खुवाइन्छ। त्यतीमात्र होइन कतिपयले त खानामा अखाद्य बस्तु हालिदिएर बिरामी पार्ने गरेको पनि पाइएको छ । अनि हेलिकप्टरमार्फत उद्दार गरेर काठमाडौंका अस्पताल ल्याउने र बीमा कम्पनी तथा पर्यटकसँग पैसा असुल्ने काम नै फेक रेक्यु हो । एउटा हेलिकप्टरमा चार पाँच जना बिरामी राखेर ल्याइन्छ तर बिल बनाउँदा एउटा हेलिकप्टरमा एक पर्यटक ल्याएको देखाइन्छ । अस्पतालहरूले पनि पर्यटकलाई केही घण्टा मात्र राखेर वा भर्ना नै नगरी धेरै दिन उपचार गरेको र महँगो औषधि प्रयोग गरेको नक्कली रिपोर्ट तयार पारेर रकम असुल गर्ने गरिन्छ । )

यसले विश्वबजारमै नेपालको पर्यटन क्षेत्रबारे नकारात्मक सन्देश गएको थियो । नेपाल भ्रमणमा आएका पर्यटकलाई ज्यादती गरेर लाभका लागि जे पनि गर्न पल्केका व्यवसायीलाई कानूनको कठघरामा ल्याउन पटकपकट माग हुदै आएको थियो । तर २०७५ मा केही समय चर्चामा रहेर पुनः सेलाएको यो प्रकरणको फाइल खोले अन्तर्राष्ट्रिय जगतमा नकारात्मक सन्देश जाने र नेपालको पर्यटन क्षेत्र ध्वस्त हुन्छ भन्ने त्रास केही व्यवसायीहरुले सरकारलाई देखाउने गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय