बजेटमा असन्तुष्टि जनाउदै अनसन गर्दै आएका कैलालीका अपाङ्गता भएका व्यक्तिहरुले आज जिल्लाका सरकारी कार्यालयमा तोडफोड गरेका छन । प्रदेशको सामाजिक विकास मन्त्रालय, सहरी विकास कार्यालय र जिल्ला प्रशासन कार्यालयमा आन्दोलनकारीले तोडफोड गरेका हुन । ह्विलचेयर प्रयोग गर्दै आएकाहरुलाई प्रदेश सरकारले सहायक सामाग्री समेत वितरण नगरेकोमा उनीहरुको आक्रोश छ ।

सुदुरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको २०८०–८१ मा अपांगता भएकाहरुका लागी बजेट समायोजन नगरिएको भन्दै आपाङ्गता भएका व्यक्तिले असार १२ गतेदेखि अनसन गर्दै आएका छन । २०७८ को गणना अनुसार सुदुरपश्चिममा ७० हजार अपाङ्गता भएका व्यक्तिहरु छन ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय