कैलाली- कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक दम्पतीको मृत्यु भएको छ । जिल्लाको मोहन्याल गाउपालिका वडा नं.७ अन्तरगत पर्ने चिसापानी–कुईने सडक खण्डको हावालाग्ने डाँडाबाट मोटरसाइकल खसेर दुर्घटना हुँदा दम्पतीको मृत्यु भएको हो । मोटरसाइकल दुर्घटनामा अछामको पञ्चदेवल विनायक नगरपालिका १ कुइकाका ३८ बर्षिया खकेन्द्र ढकाल र उनकी श्रीमती ३४ मैसरा ढकालको मृत्यु भएको इलाका प्रहरी कार्यालय चिसापानीले जानकारी दिएको छ ।

बुधवार साँझ करिब ७ बजे अछामबाट बर्दियाको भुरिगाउँ जाने क्रममा उनीहरू सवार भे १३प १०७४ नम्बरको मोटरसाइकल मोहन्याल गाउपालिका वडा नं.७ को पितपारी भन्दा ३ मिटर उत्तरपट्टि पर्ने हावालाग्ने डाँडाबाट करिब ३ दुई मिटर तल कर्णाली नदिमा खसेको थियो ।

राती नै स्काई बर्ड एडभेन्चर स्पोर्टस् प्रालिको मोटरबोटको सहायताले शव निकालिएको थियो । मृतक दम्पतीको शब पोस्टमार्टमका लागि टीकापुर अस्पतालमा राखिएको छ । उकालो बिग्रेको र चिप्लोबाटोमा मोटरसाइकल चिप्लेर दुर्घटना भएको हुन सक्ने प्रहरी जानकारी दिएको छ । मृतक ढकाल दम्पतीका एक छोरा र एक छोरी छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय