कैलालीमा २१२ दशमलव २ मिलिमिटर वर्ष भएको छ । जिल्लाको धनगढी उपमहानगरपालिका, गोदावरी नगरापलिका र कञ्चनपुरको कृष्णपुर र पुनर्वास नगरपालिका केन्द्रीत भएर वर्ष हुँदैछ ।महाकाली बेसिन फिल्ड कार्यालय, अत्तरियाले सोमवार बिहान ८ः४५ मा २१२ दशमलव २ मिलि मिटर वर्ष मापन गरेको छ । अत्तरियामा रहेको वर्षा मापन केन्द्रमा आइतवार साँझ ५ः४५ देखि सोमवार बिहान ८ः४५ सम्ममा २१२ दशमलव २ मिलिमिटर वर्ष मापन गरिएको हो। अत्तरियामा मापन गरिएको यो वर्षा भारी हो ।सोमवार बिहानदेखिको वर्षका कारण धनगढी जलमग्न भएको छ ।



धनगढी उपमहानगरपालिका, पार्क मोड, रातो पुल लगायत मुख्य क्षेत्रमा पानी भरिएको छ । धनगढीमा घरममा पानी पस्दा नागरिक लाई सास्ती भएको छ ।
धनगढीसँग जोडिएको मोहना नदीमा पानीको सतह बढेको छ । पानीको सतह बढेकाले मोहना नदी आसपासका क्षेत्रहरूमा सतर्क रहन भनिएको छ। जिल्ला प्रशासन कार्यालय, कैलालीका सूचना अधिकारी शिवराज जोशीले धनगढी, गोदावरी, पुनर्वास र कृष्णपुर नगरपालिका क्षेत्रमा बढी वर्ष भएको बताए । तर, अहिलेसम्म वर्षाका कारण भएको क्षतिको कुनै विवरण प्रशासनलाई प्राप्त भएको छैन् । कैलालीको मोहना नदीको बाढी बढ्दो क्रममा रहेको छ । मोहना नदी किनार क्षेत्रका बासिन्दालाई आज बेलुकासम्मै सतर्क रहन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।
मोहना नदीको जलमापन केन्द्रमा अहिले बाढीको सतह सतर्कता तह नाघेको छ । बाढी बढ्दो क्रममा रहेकाले सतर्क रहन भनिएको हो ।आज बिहान साढे ७ बजेसम्म मोहना नदीको जल मापन केन्द्रमा बाढीको सतह ३.०६ मिटर पुगेको छ । ३ मिटरसम्म पुगेमा सतर्कताको तह र ३.६० मिटर पुगेमा खतराको तहमा पुगेको मानिन्छ ।



