सनातन धर्मावलम्बीहरूका लागि कैलाश–मानसरोवर यात्रा अत्यन्तै पवित्र र धार्मिक महत्व बोकेको तीर्थयात्रा मानिन्छ। यही कारण हरेक वर्ष हजारौँ भारतीय तीर्थयात्री कैलाश–मानसरोवर दर्शनका लागि यात्रा गर्ने गरेका छन्। कैलाश–मानसरोवर तीर्थयात्राका लागि अनुमति प्रक्रिया सहज बनेसँगै नेपालगञ्जमा तीर्थयात्रीहरूको आगमन बढेको छ। बैशाखको दोस्रो सातादेखि कैलाश मानसरोवरकको दर्शन गर्न जाने शुरु भएपछि नेपालगञ्जका होटलहरु अहिले भरीभराउ रहेक छन । भारतका विभिन्न जिल्लाबाट हजारौँ तीर्थयात्री नेपालगञ्ज हुँदै कैलाश–मानसरोवर जाने गरेका छन् । पछिल्लो समय कैलाश–मानसरोवर जाने यात्रुहरूको संख्या उल्लेख्य रूपमा बढेपछि नेपालगञ्जमा समेत चहलपहल बढेको हो । यात्रुहरूको संख्या बढेपछि होटल, यातायात तथा अन्य पर्यटनसँग सम्बन्धित व्यवसायहरूमा सकारात्मक प्रभाव देखिएको छ । भारतबाट आउने तीर्थयात्रीहरूका लागि नेपालगञ्ज प्रमुख ट्रान्जिट केन्द्रका रूपमा रहेको छ।
चिनियाँ सरकारले कैलाश–मानसरोवर यात्राका लागि भारतीय तीर्थयात्रीहरूलाई लक्षित गर्दै प्रत्येक वर्ष २४ हजार जनाको कोटा निर्धारण गर्दै आएको छ। गत वर्ष पनि २४ हजार जनाको कोटा उपलब्ध गराइएको थियो भने यस वर्ष पनि सोही संख्याको कोटा खुला गरिएको थियो ।



भारतीय तीर्थयात्रीहरू नेपालका रसुवास्थित केरुङ नाका, नेपालगञ्ज हुँदै हुम्ला मार्ग तथा भारतको लिपुलेक नाका प्रयोग गरी कैलाश–मानसरोवर तीर्थयात्रामा जाने गरेका छन्। वैशाखको दासो साता बाट शुरु भएको भदौको अन्तिम सातामा सम्म दर्शनकालागी जाने गरेका छन् । गत वर्ष नेपालगञ्ज हुंदै करिव ७ हजार यात्रु मानसरोवर दर्शनकालागी गएका थिए । भने यस वर्ष डेढ महिना मै करिव ३ हजार यात्रु मानसरोवर गएको कैलाश भिजन ट्राभलस नेपालगञ्जले जनाएको छ ।
भारतको दिल्लीबाट आएका सन्दिप प्रेम सागरले पहिलो पटक कैलाश मानसरोवर यात्रामा सहभागी हुन पाउँदा निकै खुसी लागेको बताउँदै शिव भगवानको कृपाले पवित्र तीर्थस्थलको दर्शन र पूजा–आराधना गर्न पाउँदा आफूलाई भाग्यमानी ठानेको बताउँछन् ।भारतको झारखण्डबाट आएकी ममता शर्माले वर्षोदेखिको सपना पुरा भएको भन्दै भगवान शिवको बुलावा पाएर कैलाश मानसरोवर यात्रामा सहभागी हुन पाउँदा धेरै खुसी लागेको बताउँछिन। उनी श्रद्धा र विश्वासका साथ यात्रा सुरु गरेको र कैलाश पर्वतको परिक्रमा पनि पूरा गर्ने लक्ष्य रहेको बताईन ।
भारतको बेंगलुरुका तीर्थयात्री श्रीकान्त मलियाले पुरानो सपना पूरा हुँदा निकै खुसी लागेको बताउँदै । यात्रा आफैंमा निकै आध्यात्मिक र अविस्मरणीय अनुभव रह्यो। नेपालगजबाट जाने तीर्थयात्रीहरूको सुविधाका लागि सिमिकोट र हिल्सामा बसोबास तथा अन्य व्यवस्थापन अझ सहज र व्यवस्थित बनाउन आवश्यक रहेको र साथै, यात्रा सुरु गर्नुअघि ट्राभल एजेन्सीहरूले यात्राको अवस्था, मौसम, आवश्यक तयारी र सम्भावित चुनौतीबारे स्पष्ट जानकारी दिएमा यात्रुहरू मानसिक र शारीरिक रूपमा राम्रो तयारी गर्न सक्नेछन् र यात्रा अझ सुरक्षित हुने सुझाऊ दिएका छन् ।
कैलाश भिजन ट्रेक नेपालञ्जका कोर्डिनेटर, प्रकाश ढकालले कैलाश मानसरोवर यात्राका लागि २८ वटा कम्पनीले पर्मिटका लागि निवेदन दिने गरेका छन्।जस्मा प्रत्येक वर्ष करिब २४ हजार भारतीय तीर्थयात्रीहरू मध्ये केही यस मार्गबाट मानसरोवर जाने गरेकोमा यस वर्ष पनि यात्रुको चाप वढी रहेको बताए ।उनले पछिल्लो डेढ महिनामै करिब २४ हजार कोटा पूरा भएकाले पर्मिट वितरण अस्थायी रूपमा बन्द गरिएको छ भने आगामी केही दिनमा पुनः खुल्ने सक्ने बताउँछन्।
गत वर्षको तुलनामा यस वर्ष कैलाश मानसरोवर जाने तीर्थयात्रीहरूको संख्या बढ्दो क्रममा देखिएको छ। भारतका विभिन्न जिल्लाबाट आएका श्रद्धालुहरू मानसरोवर यात्रा जीवनको महत्वपूर्ण लक्ष्य र आध्यात्मिक रहनुका साथै यात्राको व्यवस्थापन, आवास, यातायात तथा अन्य सेवाहरूलाई अझ व्यवस्थित बनाउन सके आगामी दिनमा अझ धेरै पर्यटक तथा तीर्थयात्रीहरू आउन सकने देखिन्छ । धार्मिक पर्यटनको विस्तारसँगै स्थानीय अर्थतन्त्र र पर्यटन क्षेत्रलाई समेत थप टेवा पुग्ने देखिएको छ।



