काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिंदैछन् । विश्वासको मतका लागि आज दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक बोलाइएको छ । संविधानको धारा १६८ को ३ अनुसार बनेको सरकारले विश्वासको मत पाउने सम्भावना भने छैन । ९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । प्रदेशमा एमालेसँग कार्यबहाक सभामुख बाहेक ३९ जना सांसद छन् । कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादी पार्टीका ४ र जसपाका एक गरी बहुमत संख्या प्रतिपक्षमा छ । ६ सांसद रहेको राप्रपा तटस्थ देखिएको छ । कांग्रेस–माओवादीसहित बहुमत सदस्य रहेको गठबन्धन मुख्यमन्त्री कार्कीको विपक्षमा छ । यद्धपी नेकपा एमालेले विश्वासको मतका लागि अन्तिम समयसम्म प्रयास गर्ने छ ।

 

वर्तमान सरकारले विश्वासको मत नपाए धारा १६८ को उपधारा ५ अनुसार सरकार गठनका लागि आहृवान हुनेछ । उपधारा ५ अनुसार नेतृत्वमा एमालेले पनि दाबी गर्ने छ भने यता कांग्रेस नेतृत्वको प्रतिपक्षी गठबन्धन पनि उपधारा ५ अनुसार सरकार गठनको गृहकार्यमा जुटेको छ । राप्रपा सहभागी भए कांग्रेस नेतृत्वको गठबन्धनसँग ५३ मत हुनेछ ।कोशी प्रदेश सरकारको निर्णय गर्ने जिम्मा राप्रपाले अध्यक्ष राजेन्द्र लिङदेनलाइ दिएको छ ।उपधारा ५ अनुसार गठन हुने सरकारले विश्वासको मत नपाए ६ महिनाभित्र मध्यवधि निर्वाचन हुनेछ ।

 

 

 

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय