काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त हुनु भएको छ ।

प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८(५) अनुसार कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।नवनियुक्त मुख्यमन्त्री कार्कीले आइतबार दिउसो शपथ लिने कार्यक्रम तय भएको छ । कार्कीले कांग्रेसका ८ प्रदेशसभा सदस्य र एमालेका ३९ प्रदेशसभा सदस्यको हस्ताक्षर सहित मुख्यमन्त्रीमा दावी गर्नुभएको थियो । साथै माओवादी केन्द्रका सदस्यीय दलका नेता इन्द्र आङ्बोले पनि कांग्रेससहित चार दलका संसदीय दल नेताको समर्थन लिएर मुख्यमन्त्रीमा दाबी पेस गर्नु भएको थियो । दुवैले ४७ प्रदेशसभा सदस्यको समर्थन भएको दाबी पेस गरेपछि प्रदेश प्रमुख खापुङले हस्ताक्षर सनाखत गर्ने निर्णय गरेअनुरुप आज बिहान भएको हस्ताक्षर सनाखतमा कार्कीको पक्षमा हस्ताक्षर गरेका ४७ जनाले नै उपस्थित भएर सनाखत गरेपछि प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८(५) अनुसार प्रदेश सांसद कार्की मुख्यमन्त्री नियुक्त भएको घोषणा गर्नुभएको हो ।

 

प्रदेशका नवनियुक्त मुख्यमन्त्री कार्कीले मध्यावधि निर्वाचनमा जानबाट रोक्न आफू मुख्यमन्त्री बनेको बताउनु भयो । यसअघि सरकार स्थिर बन्न नसकेको र मध्यावधिको बाटो देखिएकोले त्यसलाई रोक्न सांसदहरूले आफूलाई समर्थन गरेको उहाँको भनाइ छ । संविधानवादमा विश्वास गर्ने सबै पार्टीले यो प्रकृयालाइ सकारात्मक रुपमा लिने कार्कीले विश्वास व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय