काठमाडौं । कोशी प्रदेशमा आज मुख्यमन्त्री नियुक्त भएन ।माओवादी संसदीय दलका नेता इन्द्र आङ्बो र नेपाली कांग्रेसका प्रदेशसमभा सदस्य केदार कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । आङ्बाले कांग्रेस सहित चार दलका नेताको समर्थन पेश गरेका छन् भने कार्कीले कांग्रेसका ८ र एमालेका ३९ प्रदेशसभा सदस्यको हस्ताक्षर बुझाएका छन् । मुख्यमन्त्रीमा दाबी पेश गर्ने समय सकिएपछि कार्कीलाई समर्थन गरेका ४७ प्रदेश सांसद प्रदेश प्रमुख कहाँ पुगेका थिए ।

प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई समर्थन गरेका ४७ प्रदेश सांसद सहितको हस्ताक्षर सनाखत गरेपछिमात्रै मुख्यमन्त्री नियुक्त गर्ने बताएका हुन । समर्थन गर्ने प्रदेश सांसदहरुको हस्ताक्षर सनाखत भोली गरिने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय