पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको एउटा ट्रक सप्तकोसीमा खसेर बेपत्ता भएको छ । आज विहान पौने आठ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ख १७६५ नम्बरको बस र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ ख ३००७ नम्बरको ट्रक एक आपसमा ठोकिँदा सुनसरीतर्फ पर्ने कोशी ब्यारेजको ९ र १० ढोकाबाट ट्रक कोसी नदीमा खसेको हो ।

https://www.youtube.com/shorts/MGm2AyHjK5s

सप्तकोसी नदीमा खसेको ट्रकबाट ड्राइभरसहित अन्यको उद्धार गरिएको थियो । मानवीय क्षति नभएपनि ट्रकलाई नदीले बगाएको छ । ट्रकको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय