कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले बुधबार पद तथा गोपनीयताको शपथग्रहण गरेकाछन् । मुख्यमन्त्री थापाले बिहान साढे १० बजे शपथ लिने कार्यक्रम तय भएको भएपनी विशेष कारणबर केहि ढिलागरि सपथ भएको हो । कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जसपाका एक सांसदको समर्थनमा उनी मंगलबार मुख्यमन्त्री नियुक्त भएका थिए ।

सविधानको धारा १६८ को उपधारा दुई बमोजिम प्रदेश प्रमुख परशुराम खापुङले उनलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन । सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएर समर्थन गरेपछि थापा मुख्यमन्त्री बनेका हुन । यसअघि सभामुख छँदै गौतमले दिएको समर्थनबाट असार २१ मा मुख्यमन्त्री बन्दा थापा सर्वोच्च अदालतको आदेशले पदमुक्त भएका थिए ।

चार दलको बहुमत जुटाएर थापाले प्रदेश प्रमुख परशुराम खापुङबाट नियुक्ति पाए पनि विश्वासको मत हासिल गर्नेमा आशंका कायमै छ । ९३ सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि ४७ सांसद चाहिन्छ । सत्ता गठबन्धनमा कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जनता समाजवादीका एक गरी ४७ सांसद छन । एमालेका ४० र राप्रपाका ६ सांसद छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय