कोशी नदीमा बढेको पानीको बहाव र जलसतहको अवस्थाबारे जानकारी लिन नेपाल र भारतका सुरक्षा तथा प्रशासनिक अधिकारीले कोशी ब्यारेजको स्थलगत निरीक्षण गरेका छन्।
सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाको नेतृत्वमा नेपाली अधिकारी तथा भारतको सुपौल जिल्लाका जिल्ला अधिकारी शावन कुमारसहितको टोलीले निरीक्षण गरेको हो। टोलीले पानीको बहाव, जलसतह, खुलेका ढोका तथा तटीय क्षेत्रमा पर्न सक्ने जोखिमबारे जानकारी लिएको छ।

शनिबार दिउँसो १ः१५ बजेको मापनअनुसार कोशी ब्यारेजमा पानीको बहाव २ लाख ९८ हजार २ सय ७५ क्युसेक रहेको छ। बहाव घट्दो क्रममा रहे पनि जलसतह अझै खतरा तहभन्दा माथि रहेको छ। हाल ब्यारेजका ३९ वटा ढोका खुला छन्। प्रशासनले पानीको बहाव घट्दै गए पनि जलसतह सामान्य अवस्थामा नआएसम्म तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय