बाँकेको जानकी गाउँपालिका–५, बकसपुरमा ‘कोहलपुर–नेपालगन्ज १३२ केभी प्रशारण लाइन’ र ‘नेपालगन्ज १३२-३३ केभी सबस्टेशन’ को निर्माण शुरु भएको छ । बुधबार उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शक्तिबहादुर बस्नेतले आयोजनाको शिलान्यास गरेका हुन् । दुई वर्षभित्र सक्ने लक्ष्य सहित शिलान्यास गरिएको आयोजनाले ‘लो भोल्टेज’ र जथाभावी विद्युत जाने समस्याले आक्रान्त बाँकेका नागरिकको समस्या समाधान गर्ने विश्वास गरिएको छ । आयोजनाको शिलान्यास गर्दै मन्त्री बस्नेतले समयमै काम सक्न निर्माण कम्पनीलाई निर्देशन समेत दिए ।

डेढ अर्व लागत अनुमान गरिएको उक्त आयोजनाको १३२ केभिको दश किलोमिटर डबल सर्किट प्रशारण लाईन निर्माण गरिने आयोजनाले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय