काठमाडौँ । संसदीय सुनुवाइ समितिले क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्यालको नाम सर्वसम्मत अनुमोदन गरेको छ ।

आइतबार बसेको समितिको बैठकले पौड्यालसँगको सुनुवाइपछि नाम सर्वसम्मत रुपमा अनुमोदन गरेको हो । हाल परराष्ट्र सचिवसमेत रहेका पौड्याललाई कात्तिक २ गते मन्त्रिपरिषद बैठकले पौड्याललाई क्यानडाको राजदूतमा सिफारिस गरेको थियो । उनलाई अब राष्ट्रपतिले नियुक्त गरेपछि औपचारिक रुपमा राजदूतको कार्यभार सम्हाल्नेछन् । पौड्यालले क्यूबा, डोमिनिकन रिपब्लिक, जमैका र हाइटीका लागि गैर आवासीय राजदूत र अन्तर्राष्ट्रिय नागरिक उड्ययन संस्था (आइकाओ) को पनि स्थायी प्रतिनिधिको रुपमा काम गर्नुपर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय