काठमाडौं । १९औं एसियाली खेलकुद अन्तर्गत कानोइङ स्लालोमअन्तर्गत पुरुष कायाकमा नेपालका गणेश गुरुङ पदकका लागि प्रतिस्पर्धा गर्दैछन । फुयाङ वाटर स्पोर्ट्स सेन्टरमा शनिबार भएको सेमिफाइनल चरणको खेलमा शीर्ष दशमा रहँदै गणेश फाइनलमा प्रवेश गरेका हुन । हिट चरणबाट गणेशसहित १६ खेलाडी सेमिफाइनल प्रवेश गरेका थिए ।

 

फाइनल चरणमा दश खेलाडीबीच शनिबार दिउँसो प्रतिस्पर्धा हुदैछ । फाइनल चरणमा शीर्ष तीनमा पर्ने खेलाडीले पदक पाउनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय