काठमाडौं । नेपालले क्रिकेटका महारथीहरूसँग आज सामना गर्दैछ । नेपालले विश्व क्रिकेटका महारथी भारत, बंगलादेश, पाकिस्तान र श्रीलंकासँग अहिलेसम्म प्रतियोगितामा सहभागिता जनाउन पाएको छैन । एसिया कपको १६ औँ श्रृंखलासम्म आइपुग्दा मात्र पहिलो पटक नेपालले यी देशका क्रिकेट टोलीसँग प्रतिस्पर्धा गर्ने भएको हो ।

पाकिस्तान र श्रीलंकामा प्रतियोगिताको उद्घाटन खेलमा नै नेपाल र आयोजक पाकिस्तानको प्रतिस्पर्धा हुने छ । पाकिस्तानको मुल्तान रंगशालामा हुने उदटन खेल नै नेपालले पहिलो पटक विश्वको नम्बर एक एकदिवसीय टिम पाकिस्तानविरुद्ध खेल्दै छ । त्यसपछि भदौ १८ गते श्रीलंकामा हुने खेलमा नेपालले अर्को महाशक्ति टिम भारतको सामना गर्ने छ । नेपाल, पाकिस्तान र भारत एसियाली कपको एउटै समूहमा परेका छन् । अर्को समूहमा परेका बंगलादेश, श्रीलंका र अफगानिस्तानसँग भने अर्को चरणमा प्रवेश गरे मात्र खेल्न पाउने छ ।

गत वैशाखमा घरेलु मैदान दर्शकको समर्थनमा अपराजित रहेर एसिसी प्रिमियर कपको च्याम्पियन बनेर नेपाल एसिया कपमा चयन भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय