सुनसरी-मोरङ औद्योगिक करिडोर अन्तर्गत इटहरी–१२ स्थित तिरुपती उड प्यानल इन्डष्ट्रिज प्रालिमा राति सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन।

आगलागी आज बिहान २:३० बजे सुरु भएको हो।विद्युत सर्ट सर्किट को आशंकामा प्रारम्भिक अनुसन्धान अघि बढाइएको छ भने आगलागीको वास्तविक कारण पत्ता लगाउन खोजी भइरहेको जनाइएको छ।

पूर्वी नेपालका १८ दमकल सक्रिय

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार,

  • धरान, विराटनगर, इटहरी, दमक, पथरी, दुहबी, इनरुवा लगायत स्थानबाट १८ वटा दमकल आगो नियन्त्रणमा खटिएका छन्।
  • नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना पनि उद्धारमा संलग्न छन्।
  • आगो अन्य स्थानमा फैलिनबाट रोकिएको छ, तर पूरै नियन्त्रणमा भने आएको छैन।

क्षति विवरण खुल्न बाँकी

उद्योगका एक प्रतिनिधि राजकुमार अटलले भनेका छन्,“अहिले विस्तृत क्षतिको मूल्यांकन गर्न सकिने अवस्था छैन। मुख्य ध्यान आगो निभाउनमा छ।”

यो घटनाले उद्योग क्षेत्रमा आपतकालीन तयारी र सुरक्षाको चुनौतीलाई उजागर गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय