सुदूरपश्चिम प्रदेशको पर्यटकीय क्षेत्र खप्तडमा आजदेखि अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन आयोजना हुँदैछ । तीन दिनसम्म चल्ने सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम छ । सम्मेलनमा भारतीय योगगुरु बाबा रामदेव पनि सहभागी हुनेछन । पतञ्जली योगपीठ हरिद्वारका आयुर्वेद शिरोमणि आचार्य बालकृष्ण खप्तड पुगिसकेका छन् । प्रदेश सरकार, खप्तड पर्यटन विकास तथा व्यवस्थापन समितिको पहलमा पहिलोपटक यस्तो सम्मेलन हुन लागेको हो ।

सम्मेलनमा सुदूरपश्चिमका लोकप्रिय सांस्कृतिक झाँकीहरू भुँवा, हुडक्यौली, गौरा, देउडा, पुतला नाचलगायतका प्रस्तुत गरिने जनाइएको छ । डोटी, अछाम, बझाङ र बाजुरा जिल्लाले घेरिएको खप्तड क्षेत्र धार्मिक तथा बहुमूल्य जडीबुटीका लागि प्रख्यात छ । आध्यात्मिक योग सम्मेलनमा करिब पाँच सय जनाको सहभागिता हुने बताइएको छ । खप्तडमा हुने आध्यात्मिक योग सम्मेलनले खप्तड क्षेत्रलाई विशवव्यापी रूपमा चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय