खाडीमा युद्ध चर्किँदा लाखौ नेपाली पनि प्रभावित भएका छन् । युद्ध लम्बिए खाडीका देशमा ठूलो संख्यामा नेपाली श्रमिकको रोजगारी पनि संकटमा पर्न सक्छ । कुन देशमा कति नेपाली प्रभावित हुन सक्छन् ? त्यसको असर कस्तो हुन सक्छ ?
खाडी क्षेत्रमा बढ्दो तनाव र सम्भावित युद्धले प्रत्यक्ष रूपमा झन्डै २० लाख नेपालीको सुरक्षा र भविष्यमाथि गम्भीर संकट निम्त्याउन सक्छ । खाडीका कुन देशमा कति नेपाली छन् भन्ने मोटामोटी तथ्यांक मात्रै छ ।



प्रभावित हुने नेपालीको संख्या
खाडीका ६ वटा देश र वरपरका क्षेत्रमा गरी करिब १९ देखि २० लाख नेपाली रहेको अनुमान छ । संयुक्त अरब इमिरेट्स ९ग्ब्भ्० स् करिब ९ लाख नेपाली छन् जो सबैभन्दा बढी प्रभावित हुन सक्ने छन् । किनकी युएइमा इरानले आक्रमण गरिसकेको छ । यस्तै साउदी अरबमा करिब चार लाख नेपाली रहेको अनुमान गरिएको छ । साउदीमा पनि अमेरिकी बेस रहेकाले त्यहाँका नेपाली पनि प्रभावित हुने छन् । कतारमा करिब साढे ३ लाख नेपाली श्रमिक छन् । यस्तै कुवेतमा करिब १ लाख ७५ हजार, बहराइनमा करिब ३० हजार र ओमानमा करिब २५ हजार नेपाली रहेको अनुमान छ ।
इजरायलमा करिब ५ हजार ५०० र इरानमा १५-२० जना मात्रै नेपाली छन् ।
यसरी हुन सक्छ सुरक्षा जोखिम
अमेरिकी सैन्य आधार शिविर स् इरानले खाडीका देशमा रहेका अमेरिकी सैन्य अखडालाई निसाना बनाइरहेको छ। कतारको अल उदेद, युएईको अल धफ्रा र बहराइनको फिफ्थ फ्लीट वरपर ठुलो संख्यामा नेपाली कार्यरत छन्, जो जोखिममा छन् ।हवाई क्षेत्र बन्दस् युद्धका कारण हवाई मार्ग बन्द हुँदा आपतकालीन अवस्थामा उद्धार गर्न वा घर फर्कन असम्भव हुन सक्छ । अहिले नै धेरै देशका उडान प्रभावित भएका छन् । कतिपय डाइभर्ट गरिएको छ ।
रोजगारीको संकटस् युद्ध चर्किएमा निर्माण, पर्यटन र हस्पिटालिटी क्षेत्र ठप्प हुन्छन्, जसले गर्दा लाखौँ नेपालीको रोजगारी गुम्न सक्छ। रेमिट्यान्समा धक्कास् नेपालको कुल गार्हस्थ्य उत्पादनको करिब २५५ हिस्सा रेमिट्यान्सले ओगटेको छ। खाडीबाट पैसा आउन रोकिएमा नेपालमा आर्थिक मन्दी छाउने खतरा रहन्छ।महँगी: इन्धनको मूल्य वृद्धिले नेपालमा यातायात र खाद्यान्नको भाउ बढाउन सक्नेछ ।
नेपाल सरकारको तयारी
परराष्ट्र मन्त्रालयले शनिबार ६ बुँदे विशेष निर्देशन जारी गर्दै इजरायल र इरानमा रहेका नेपालीलाई घरभित्रै बस्न र दूतावासको सम्पर्कमा रहन आग्रह गरेको छ । खाडीमा रहेका अन्य नेपालीलाई पनि अनावश्यक यात्रा नगर्न र स्थानीय सुरक्षा निकायको सूचना पालना गर्न भनिएको छ । यो तनाव पूर्णकालीन युद्धमा बदलियो भने, सन् १९९० को गल्फ वारु पछि नेपालीका लागि सबैभन्दा ठुलो मानवीय र आर्थिक संकट हुन सक्ने छ ।



