खाडीका देशहरूमा युद्ध चर्किएपछि त्यहाँ रहेका नेपाली नागरिकहरूको अवस्थाबारे सूचना संकलन गर्न परराष्ट्र मन्त्रालयले विशेष याे वेबसाइट सञ्चालनमा ल्याएको छ। मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागले मंगलबारदेखि उक्त सेवा सुरु गरेको हो। मन्त्रालयका अनुसार वेबसाइटमार्फत प्राप्त सूचनाको आधारमा आपत्कालीन उद्धार योजना तयार पारिनेछ। खाडी क्षेत्रमा रहेका नेपालीहरूले आफ्नो वर्तमान अवस्था, बसोबास स्थान र सम्पर्क विवरण वेबसाइटमा उपलब्ध गराउन सक्नेछन्।

हाल इरानले यूएई, साउदी अरेबिया, इजरायल, कतार, कुवेत, बहराइन, ओमान र जोर्डनलगायत देशहरूमा रहेका अमेरिकी सैन्य अड्डाहरूमा आक्रमण गरिरहेको जनाइएको छ। यसले त्यहाँ कार्यरत १७ लाखभन्दा बढी नेपाली श्रमिक र व्यवसायीहरूलाई त्रसित बनाएको छ। यसैबीच, इरानको आक्रमणका क्रममा यूएईमा कार्यरत एक नेपालीको ज्यान गएको पुष्टि भएको छ। अन्य नेपालीहरूको सुरक्षाबारे यथार्थ विवरण संकलन गर्ने काम तीव्र पारिएको मन्त्रालयले जनाएको छ। सरकारले सम्भावित जोखिमलाई मध्यनजर गर्दै आवश्यक परे तत्काल उद्धार प्रक्रिया अघि बढाइने स्पष्ट पारेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय