स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका किसानले व्यवसायिक अकबरे खुर्सानीखेती सुरु गरेका छन् । गाउँपालिका र हेफर परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा कालीगण्डकी कृषि तथा पशु उद्यमशीलता विकास परियोजनामार्फत गाउँपालिकाका सात वटै वडामा अकबरे खुर्सानीको व्यावसायिक खेती सुरु गरिएको हो ।
परियोजनामार्फत पालिकाका विभिन्न पाँच स्थानका नर्सरीबाट बेर्ना उत्पादन गरी १ लाख ८३ हजार ३ सय वटा बेर्ना १३० जना भन्दा बढी किसानलाई निःशुल्क वितरण गरिएको परियोजनाले जनाएको छ ।



अकबरे खुर्सानीको बजार मूल्य राम्रो रहेको र उत्पादन पनि छिटो हुने भएकाले खाद्यान्न खेतीलाई विस्थापित गरी अकबरेको व्यावसायिक खेती सुरु थालिएको हो । विगतमा घरायसी प्रयोजनका लागि लगाइएको अकबरे खुर्सानीको उत्पादन राम्रो भएकाले पनि व्यावसायिक उत्पादनका लागि उत्साहित भएका हुन् ।



