काठमाडौं । काठेखोला गाउँपालिका–७ रेश गाउँका खेत बाँझिन थालेपछि ठेक्कामा रोपाइँ गर्न थालिएको छ । गाउँको १ हजार ५ सय रोपनी रोपाइँ योग्य खेत बाँझिन थालेपछि प्रतिरोपनी ३ हजार २ सय ६६ मा गुमबहादुर घर्ती र उहाँकी श्रीमती देवी तथा अमरबहादुर थापाले ठेक्का लिएर रोपाइँ गर्न थालेका हुन् ।

खेतालो खोज्नेदेखि ब्याडबाट बिउ ल्याउनेलगायत सबै कामको व्यवस्था गरिदिए बापत अग्रिम रुपमा रकम उपब्ध गराउनु पर्ने हुन्छ । घर्ती दम्पतीले गत वर्ष १० जनालाई रोजगार दिंदै १ सय ८९ रोपनीमा रोपाइँ गरेर ६ लाख १७ हजार ४ सय रुपैयाँ आर्जन गर्नुभएको थियो ।

किसान अमरबहादुरले पनि सोही वर्ष १८६ रोपनी खेत रोपेर ६ लाख ७ हजार ६ सय रुपैयाँ आम्दानी गर्नुभएको थियो । उहाँले पनि १० जना खेतालालाई एक महिना रोजगारीको व्यवस्था गर्नुभएको थियो ।

नयाँ अवधारणाका साथ बाझा खेत हरियालीमा परिणत भएपछि वडा कार्यालयले उहाँहरूलाई सम्मान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय