काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा आएर राजनीति गर्न नहुने बताउनु भएको छ । ललितपुरमा नेशनल हाइ पर्फमेन्स सेन्टर एण्ड स्पोट्र्स साइन्स ल्याबको उद्घाटन गर्नु हुँदै प्रधानमन्त्री ओलीले सरकारमा राजनीतिक दलहरु नै आउने तर राजनीति गर्नका लागि आउन नहुने बताउनु भएको हो ।

सरकारमा आएपछि राजनीति नभई शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, पर्यटन लगायतका आवश्यक प्राथमिकताका क्षेत्रहरू छुट्याएर त्यसमै केन्द्रित भई काम गर्न जरुरी रहेको उल्लेख गर्नुभयो । खेल राजनीतिभन्दा बाहिर हुनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय