काठमाडौं । खोटाङ जिल्लाको केपिलासगढी गाउँपालिका–२ अन्तर्गत पर्ने खार्ताम्छाको बालाबेसी क्षेत्रमा हेलिकप्टर दुर्घटना भएको छ ।

एअर डाइनेस्टीको हेलिकोप्टर अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो । उक्त हेलिकोप्टरमा पाइलटसहित कुल ६ जना सवार रहेका थिए ।

प्रारम्भिक जानकारी अनुसार दुर्घटनामा एक जना काजीबहादुर राई सामान्य घाइते भएका छन् । उनको गोडामा चोट लागेको बताइएको छ । अन्य सवारहरू भने सुरक्षित रहेका छन् । घाइतेलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ, जसका लागि सोही कम्पनीको अर्को हेलिकोप्टर घटनास्थल पुगेको थियो ।

हेलिकोप्टर काठमाडौंबाट शव लिएर गाउँतर्फ गएको थियो । स्थानीय जनप्रतिनिधिकाअनुसार बारीको डिलमा अवतरण गर्ने प्रयास गर्दा असहज अवस्था सिर्जना भएको र पुनः हेलिकोप्टरलाई माथि उठाएर सुरक्षित स्थानतर्फ लैजान खोज्दा दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ ।

यस सम्बन्धमा थप विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय