नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रप्रति गम्भीर खतरा आयो भनेर सोच्न आवश्यक नरहेको बताउनु भएको छ ।विराटनगर विमानस्थलमा स्थानीय संचारकर्मीहरुसंग आज विहान कुरा गदै अध्यक्ष प्रचण्डले गणतन्त्र खतरामा परेको भाष्य नै स्थापित गर्न खोज्नु नै बेठिक रहेको बताउनुभयो ।जनमत गणतन्त्रकै पक्षमा रहेकोले अहिलेनै आत्तिहाल्नु पर्ने अवस्था नरहेपनि अध्यक्ष प्रचण्डको भनाई थियो ।उहाँले गणतन्त्र नामले नभई कामले बच्ने समेत बताउनुभयो ।



दलहरूले राम्रो काम गर्न सके गणतन्त्र संस्थागत हुँदै जाने उहाँले उल्लेख गर्नुभयो । अर्को एक प्रसंगमा अध्यक्ष प्रचण्डले राष्ट्रपति तथा उपराष्ट्रपतिलाई राजनीतिमा आउन संवैधानिक, कानुनी तथा अन्तर्राष्ट्रिय परम्पराले नरोक्ने बताउनुभयो । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले वर्तमान सत्ता गठबन्धनप्रति माओवादी केन्द्रको समर्थन नरहेको उल्लेख गर्नुभयो । शनिबार राति बालुवाटारमा भएको छलफल शान्ति प्रक्रियाको सन्दर्भमा रहेको र अन्तिममा प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रहमा गणतन्त्रका पक्षधर एक भएको सन्देश दिइएको उहँले बताउनुभयो । यसलाई वर्तमान गठबन्धनलाई माओवादीले समर्थन गरेको र सरकारमा जान लागेको भन्ने चर्चा गरिएको प्रति अध्यक्ष प्रचण्डले खण्डन गर्नुभयो ।काँग्रेस एमालेको गठबन्धनको बर्तमान सरकारको नेतृत्वको क्रियाकलापका कारण बर्तमान सरकार हटनु पर्ने अध्यक्ष प्रचण्डको भनाई छ ।



