चर्चित गायिका एलिना चौहानले शुक्रबार काठमाडौं जिल्ला अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दायर गरेकिछिन छिन उनले आफ्ना पति विष्णु सापकोटालाई पक्षी बनाउँदै अदालतमा फिराद पत्र दायर गरेकी हुन्। अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार, एलिनाले आफ्नो काममा अवरोध र पतिले शंका उठाउँदा मानसिक कष्ट भोगेको उल्लेख गर्दै सम्बन्ध विच्छेदको माग गरेकी छन्। उनका अनुसार, विवाहमा कुनै भावनात्मक सम्बन्ध नदेखिएकाले उनी स्वतन्त्र जीवन यापन गर्न चाहन्छिन्।

विष्णु सापकोटा अहिले अस्ट्रेलियामा रहेका छन्। अब अदालतले म्याद जारी गरी मुद्दाको प्रक्रिया अघि बढाउनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय