सल्यानमा गुडिरहेको बसमा करेन्ट लागेर मृत्यु हुनेमा रोल्पा गंगादेब गाउँपालिका ४ निवासी अन्दाजी ७० वर्षीय बालराम डाँगी र उनका छोरा अन्जादी ४० वर्षिय टोपलाल डाँगी रहेको कर्णालि प्रदेशका ट्राफिक प्रमुख एसपि रामप्रकाश शाहले जानकारी दिएकाछन्।

राप्ती लोकमार्गअन्तर्गत दाङ सल्यान सडकखण्डको कपुरकोट गाउँपालिका ३ चोरखोला नजिक लत्रिएको विद्युतको तारले रा १ ख ८३४ नम्बरको बसलाई छुँदा करेन्ट लागेको थियो । सडक छेउमा रहेको ३३ केभि बिधुत प्रशारण लाईन सपोर्टिङ तारमा बस टच हुन जादा करेन्ट लागेको थियो ।

बसभित्र करेन्ट लाग्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । त्यस्तै बस धनी सल्यान छत्रेश्वरी गाउँपालिका ६ निवासी अन्दाजी ३५ वर्षिय महेन्द्र वली गम्भीर घाइते भएका छन् । गम्भीर घाइते वलीलाई उपचारका लागि दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय