काठमाडौं । गृहमन्त्रीमा सुधन गुरुङ पुनः नियुक्त भएका छन् ।

उनको पद तथा गोपनीयताको शपथ ग्रहण आजै दिउँसो ३ बजे राष्ट्रपतिको कार्यालय शीतलनिवासमा हुने तय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको हो । व्यापारी दीपक भट्टसँग व्यापारिक साझेदारी रहेको विषय सार्वजनिक भएपछि गुरुङ विवादमा तानिएका थिए ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको थुनामा रहेका भट्टको लिबर्टी माइक्रो इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्सको शेयर खरिद गरेको विषयमा प्रश्न उठेफछि गुरुङमाथि दबाब बढेको थियो । रकमको स्रोतको बारेमा प्रश्न उठेपछि गुरुङले आफूले सापटी लिएर करिब ५० लाख रुपैयाँ बराबरको सेयर खरिद गरेको दावी गर्दै आएका थिए ।

चौतर्फी आलोचनापछि उहाँले गत वैशाख ९ गते गृहमन्त्री पदबाट राजीनामा दिएका गुरुङ जम्मा २६ दिन मात्रै गृहमन्त्रीको जिम्मेवारीमा रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय