काठमाडौं । जेनजी अभियन्ता सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालको कामप्रति असन्तुष्टि जनाएका छन् । आफ्नो फेसबुक पेजमार्फत् सार्वजनिक गरेको सन्देशमा गुरुङले गृहमन्त्री अर्यालको कार्यशैलीप्रति असन्तोष जनाउँदै देशका लागि अनुकूल परिणामहरु नदेखिएको दाबी समेत गरेका छन् । मन्त्री अर्यालले जनताको भरोसा पूरा गर्न नसकेको गुरुङको आरोप छ ।

गुरुङले लेखेका छन्– जनताको माग अनुसार काम गर्न नसक्ने गृहमन्त्री पदमा बसिरहनु राष्ट्रप्रति अपमान हो ।

नेपालमा भ्रष्टाचार र असुरक्षाको समस्या दिनप्रतिदिन गम्भीर बन्दै गएको तर गृहमन्त्री अर्यालले त्यसको समाधानमा कुनै सक्रियता नदेखाएको गुरुङको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय