जनकपुरधाम — जनकपुरमा जारी तनावपूर्ण अवस्थाबीच गृहमन्त्रीले आन्दोलनरत पक्षका अगुवाहरूसँग वार्ता गरेका छन्। शान्ति सुरक्षा कायम गर्ने र देखिएका समस्याको समाधान खोज्ने उद्देश्यले गृहमन्त्री जनकपुर पुगेका हुन्।

वार्ताका क्रममा आन्दोलनरत पक्षका प्रतिनिधिहरूले आफ्ना माग, समस्या र असन्तुष्टिका विषयहरू गृहमन्त्रीसमक्ष राखेका छन्। सरकारले पनि संवादमार्फत समाधान खोज्ने प्रतिबद्धता जनाएको बताइएको छ।

जनकपुर क्षेत्रमा पछिल्लो समय उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ। स्थानीय प्रशासनले शान्ति सुव्यवस्था कायम राख्न आवश्यक कदम चालिरहेको जनाएको छ।वार्ताबाट तत्काल सहमति बन्ने वा आन्दोलनका कार्यक्रम फिर्ता हुने विषयमा भने औपचारिक निर्णय सार्वजनिक हुन बाँकी छ। दुवै पक्षबीच थप छलफल जारी रहने बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय