काठमाडौं । गृहमन्त्री रमेश लेखकले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउबारे दुःख व्यक्त गर्नुभएको छ । प्रतिनिधि सभाको बैठकलाई जवाफ दिँदै गृहमन्त्री लेखकले अदालतको आदेश कार्यान्वयन बाहेक सरकारको त्यस्तो कुनै मनसाय नरहेको उल्लेख गर्नुभयो ।

सर्वोच्च अदालत अधिकृत महिमानसिंह विष्ट चौधरीलाई पक्राउ गरी थुनामा राख्ने ब्यहोराको पत्र बोकेर आफै प्रहरी प्रधान कार्यालय पुगेकोले त्यसको कार्यान्वयनका लागि प्रहरी सक्रिय भएको उल्लेख गर्नुभयो । पछि पत्र अदालतको आधिकारिक नभएको पाइएपछि चौधरीलाई रिहा गरी विष्टलाई पक्राउ गरी थुनामा राखेर अनुसन्धान भइरहेको बताउनु भयो ।

गत बैशाख १७ गते प्रहरीले पक्राउ गरी चौधरीलाई डिल्लीबजार कारागारमा बुझाएको थियो । सरकारको त्यस्तो रवैयाप्रति नागरिक उन्मुक्ति पार्टीले सरकारको जवाफ माग्दै सरकार छाड्ने चेतावनी दिएपछि गृहमन्त्रीले संसदलाई जवाफ दिनु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय