काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर २ ले ५ दिने गृहिणी महिला सशक्तिकरण कार्यक्रम संचालन गरेको छ । महिला बाल बालिका तथा समाज कल्याण शाखा चन्द्रागिरि नगरपालिका बलम्बु, काठमाडौंको समन्वयमा जेठ १९ गतेदेखि २३ गतेसम्म तालिम संचालन गरिएको हो । तालिममा मौरी पालन, अदुवा, बेसार खेती सम्बन्धी जानकारी गराइने छ ।
चन्द्रागिरि नगरपालिकाका वडा २ को आयोजनामा भएको तालिममा वडाका गृहिणी महिलाहरुको आर्थिकोपार्जन बलियो बनाउनको लागि तालिमको आयोजना गरिएको कार्यबहाक वडा अध्यक्ष लबराम सुवेदी जानकारी दिनुभयो ।




चन्द्रागिरि नगरपालिकाको कार्यपालिका सदस्य चन्द्र कुमारी गिरी बस्नेतले तालिमको मुख्य उद्देश्य नै महिलाको सशक्तिकरण भएकोले पाँच दिनको तालिमले महिलाको जीवनस्तरमा केही भएपनि सुदृढ आउनेमा आफु आशावादी रहेको बताउनु भयो । उहाँले तालिमपछि गरिने व्यवसायले महिलाहरुमा आत्मनिर्भरता बढ्ने दाबी गर्नुभयो ।

कार्यक्रममा नगर कार्यपालिका सदस्य चन्द्र कुमारी गिरी बस्नेत, वडा सदस्य जय तामाङ, कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।



