सिन्धुली- गढीमा तात्कालिन गोर्खाली–अंग्रेज बीचको युद्धको ईतिहासको गहिरो झल्को दिने कालितोप सिन्धुलीगढीमा भित्रिएको छ । सिन्धुलीगढीमा आयोजित एक कार्यक्रममा नेपाली सेनाका मध्यपुर्वी पृतनाका पृतनापति प्रेमध्वज अधिकारीबाट कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्रकुमार पोखरेललाई करिव २ सय ५६ बर्ष अगाडिको तोप सिन्धुलीगढी युद्ध संग्रहालयमा राख्न हस्तान्तण गर्नु भएको हो ।

वि स. १८२४ ताका सिन्धुलीमाढीको जीतपुर -लब्दाह खोला छेउमा गोदार थापा र मगर लडाकुहरुको संयुक्त फौजले इष्ट इण्डिया कम्पनीका सेना टमस हार्डी र इन्साईन किथ नेतृ्त्वको कम्पनी फौज उपर चम्पनसिं थापा नेतृत्वको फौजले धानखेतमा आक्रमण उपर आक्रमण गरि सो तोप खोसेका थिए ।

वि सं २०३७ सालसम्म सो तोप सिन्धुलीगढीमा नै रहेपनी पछि तत्कालिन शाही नेपाली सेनाले बिरगञ्ज लगेको थियो ।करिव २ पाथी गोली र बारुद जाने यो तोप उसबेला गोर्खालीहरुकालागि मात्र नभई काठमाण्डौ उपत्यका ( नेपाल मण्डल ) का लागि पनि नौलो र बिष्मयकारी आकारको मानिन्थ्यो ।

सिन्धुलीगढीको युद्धताका उक्त तोपलाई पडकाउदा यसको आवाज यति भयानक थियो कि गढी आसपासमा चरिचरणमा रहेका गर्भिणी गाईहरुको गर्भ नास समेत हुने गरेको कुरा स्थानीयहरु अझ सुनाउछन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय