चार वर्षदेखि विभाजित रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) पुनः एक भएको छ। प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा दुई पक्षीय नेतृत्व—अध्यक्षद्वय बद्री केसी र महेश श्रेष्ठ—ले एकता घोषणापत्रमा हस्ताक्षर गरेका हुन्। एनआरएनएको १०औँ महाधिवेशनपछि सुरु भएको सदस्यता विवाद क्रमशः बढ्दै गएर संघ विभाजनसम्म पुगेको थियो। १०औँ र ११औँ महाधिवेशन दुवैबाट छुट्टाछुट्टै समिति निर्वाचित भएपछि संगठन दुई भागमा विभाजित रहँदै आएको थियो।

सम्झौताअनुसार:

१०औँ र ११औँ महाधिवेशनबाट निर्वाचित दुवै समितिलाई आधिकारिक मान्यता दिइनेछ। आगामी महाधिवेशन तयारीका लागि अध्यक्ष बद्री केसी र महेश श्रेष्ठ सह-अध्यक्ष रहने संयुक्त सञ्चालक समिति गठन गरिनेछ। दुवै पक्षले अदालतमा दिएका सबै मुद्दा फिर्ता गरिने प्रतिवद्धता जनाइएको छ। सदस्यता विवाद समाधानका लागि सदस्यता वितरणको समय थप गरिनेछ। एकता घोषणालाई ऐतिहासिक मानिएको छ, किनकि विगत चार वर्षदेखि जारी तनाबले संस्था कमजोर बन्दै गएको थियो। एकतासँगै विश्वभर रहेका गैरआवासीय नेपालीबीच फेरि संस्थागत समन्वय बलियो हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय