गोरखा — गोरखा नगरपालिका–९ लक्ष्मीबजारस्थित दिवामार्गमा अविरल वर्षापछि आएको पहिरोले एक तीनतले पक्की घर पूर्ण रूपमा ध्वस्त भएको छ। पहिरोमा परी घरभित्र रहेका ५८ वर्षीय टोखान महतो घाइते भएका छन्।

प्रहरीका अनुसार वर्षापछि अचानक खसेको पहिरोले घरलाई पूर्ण रूपमा क्षति पुर्‍याएको हो। पहिरोमा परेका महतोको उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल गोरखा पठाइएको छ। उनको अवस्था भने हालसम्म सार्वजनिक गरिएको छैन।

घटनामा नजिकै रहेको अर्को एक पक्की घरमा समेत आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ। पहिरोले घर पूर्ण रूपमा क्षति पुर्‍याएपछि स्थानीयवासी त्रसित बनेका छन्। अविरल वर्षाका कारण गोरखासहित देशका विभिन्न पहाडी क्षेत्रमा पहिरोको जोखिम बढेको छ। प्रहरीले जोखिमयुक्त क्षेत्रमा सतर्कता अपनाउन तथा सुरक्षित स्थानमा रहन सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय